Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही

  • ७ वर्ष अगाडि

काठमाडौं, पुस १२ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सरकारको आलोचना भए पनि जनताबाट वाहवाही पाएको टिप्पणी गरेका छन् । केही दिनदेखि बस्दै आएको नेकपा स्थायी कमिटीमा बिहीबार ओलीले नेताहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । उनले २ घन्टा १० मिनेट सम्बोधन गरेका थिए तर, अधिकांश समय आफ्नो नेतृत्वको सरकारको प्रशंशामा खर्चिएका छन् ।

उनले पार्टीमा एकताको सन्देश दिनुपर्ने र विरोधीहरुको अपेक्षालाई असफल बनाउनुपर्नेमा जोड दिएका छन् । आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष भइरहेको र अब प्राप्त गर्नुपर्ने केही नरहेको तथा नियतबस कुनै गल्ती नगरेको स्पष्टीकरण दिएका छन् । ०५१ सालमा गृहमन्त्री हुँदा पनि आफ्नो कामको जनताले प्रशंशा गरेको र पहिलोपटक प्रधानमन्त्री हुँदा पनि जनताबाट वाहवाही पाएको उनले सुनाएका छन् । ‘अहिले पार्टीमा आलोचना भएको छ तर, जनतामा वाहवाही नै छ’, उनले भनेका छन् ।

उनले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूलाई हटाउन कोको लागेका थिए भन्ने पनि जानकार रहेको बताए । सरकारका मन्त्रीहरुले भ्रष्टाचार, अनियमिता नगरेको, बरु प्रधानमन्त्री तहबाट भ्रष्टाचारविरुद्ध स्टिङ अपरेशन चलाइएको दाबी गरेका छन् ।

निर्मला हत्या प्रकरणमा सुरुमा केही कमजोरी भए पनि अहिले प्रभावकारी रुपमा छानविन भइरहेको र आवश्यक परेकाहरुको डीएनए टेष्ट गरेर भएपनि दोषी पत्ता लगाउने बताए । राम्रोसँग बिफ्रिङ नगर्नु र प्रतिवाद गर्न नसक्नु भने मन्त्रीहरुको कमजोरी भएको उनले बताएका छन् । आफू र प्रचण्डले असाधारण शक्ति प्रयोग गरेर भए पनि पार्टी एकता गर्ने निर्णय गरेको र यो ऐतिहासिक भएको बताए । यद्यपि सांगठनिक एकतामा केही ढिला भएको स्वीकारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

ताजा समाचार

शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
शिवरात्रिमा बागलुङका शिव मन्दिरमा भक्तजनको भिड
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन
भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन

ट्रेन्डिङ

स्कुल भ्यान दुर्घटना थप अपडेट, मृत्यु हुनेको संख्या २ पुग्यो

कालीगण्डकीको किनार शवदाह स्थल निर्माण हुँदै

आज महाशिवरात्रि : देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदै

बागलुङमा स्कुल भ्यान दुर्घटना थप अपडेट:घाईते चालक सहित २६ जना मध्य ५ जना गण्डकी अस्पताल पोखरा रिफर

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाईते ३ जना गम्भिर

बागलुङमा निर्वाचन लक्षित नमुना अभ्यास

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com