Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सिटौलाले दिए तेस्रो धार कायमै रहेको सन्देश

  • ५ वर्ष अगाडि

काठमाडौं, पुस १२। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले घरमूलीले घर चलाउन नसके तालाचावी खोस्ने दिन आउने बताएका छन् । पार्टीको अवस्था पनि यो भन्दा फरक नभएको उनले बताए । पछिल्लो समय सिटौला समूह वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा मिलेको विश्लेषण भइरहेको बेला सिटौला केन्द्रीय सदस्यहरु गगन थापा र उमाकान्त चौधरीसहित पत्रकारहरुसामू उपस्थित भए र तेस्रो धार कायमै रहेको सन्देश दिएका छन् । १३ औं महाधिवेशनमा सिटौला सभापति लड्दा थापा महामन्त्री र चौधरी कोषाध्यक्ष उठेका थिए । तर तीनै नेता पराजित भएका छन् ।

महाधिवेशनपछि पौडेल र सिटौलाको सम्बन्ध लामो समयसम्म तिक्ततापूर्ण जस्तै रह्यो तर, चुनावमा कांग्रेसले हार व्यहोरेपछि दुबै नेता देउवाविरोधी मोर्चामा आए । महासमितिमा विधान संशोधनबारे पनि दुई नेता एउटै मोर्चामा देखिएका थिए । तर, नौं दिनसम्म चलेको महासमिति बैठक समापनमा वरिष्ठ नेता पौडेलले सबै विवाद अन्त्य भएको र देउवासँग इमोशनल अट्याचमेन्ट भएको घोषणा गरे ।

तर, सिटौलाले पार्टी रुपान्तरणको पक्षमा रहेको तेस्रो धार कायमै रहेको सन्देश दिएका छन् । तपाईं त पौडेल समूहमा मिसिनुभयो भनिएको थियो नि भन्ने प्रश्नमा सिटौलाले भने, ‘यहाँ भएको उपस्थितिले आफैं बुझ्नुस् न के भएको छ ।’ देउवा र पौडेल दुबैलाई आफूले नेता मान्न नसकेकाले सभापतिमा उठेको र त्यो बुझाइ अहिले कायमै रहेको उनले बताए । यद्यपि पार्टीको १४ औं महाधिवेशनमा के गर्ने भन्ने महाधिवेशनको मिति घोषणा भएपछि मात्र भन्ने उनले बताए ।

देउवा र पौडेलको ‘लभ’बारे टिप्पणी गर्दै सिटौलाले यो कुनै पनि बेला लस्ट हुन सक्ने बताए । केन्द्रस्य सदस्य गगन थापाले नेताहरुले एक भयौं भन्नु राम्रो भएको तर, सहमतिका नाममा विधान उल्लंघन स्वीकार्य नहुने बताए । ‘विधानको सर्बोपरीबाट सहमति खोज्नुपर्छ’ उनले भने, ‘कुरा मिलेन, सबैलाई विधान याद आउँछ, कुरा मिल्यो विधान चाहिँदैन । पार्टीमा पद्धती बसाल्न विधान सर्वोपरी हुजुपर्छ ।’

धर्मबारे वादविवाद नगरौं

नेता सिटौलाले कांग्रेस धर्मबारे धेरै बहस र वादविवाद गर्ने पक्षमा नरहेको बताएका छन् । ‘कांग्रेसले ओनरसिप (अपनत्व) लिएन भने यो संविधान नै रहँदैन’ उनले भने, ‘कुनै पनि नाममा अतिवादले मुलुक द्वन्द्वमा जानसक्छ भन्नेमा कांग्रेस सचेत छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाह, सीके राउत, विप्लव समूहको नाम लिँदै उनले चारैतिर अतिवादी सोचहरु सक्रिय भएकाले कांग्रेसले सचेत निर्णय गरेको बताए । नेता थापाले सरकार नै धर्म परिर्वतनको अभियानमा संलग्न भएको भन्दै त्यसविरुद्ध उभिने बताए । ‘धर्मको राजनीति गर्ने विरुद्ध पनि उभिन्छ’ उनले भने । कांग्रेस संविधानप्रति प्रतिवद्ध मात्र होइन, संविधान कार्यान्वयनको नेतृत्व गर्ने थापाको दाबी छ ।

प्रचण्डलाई जवाफ : लोकतान्त्रिक सीमामा बस्नुस्

कांग्रेस नेता सिटौलाले ‘कम्युनिस्ट शासन भएको भए ड्यामड्याम गर्न हुन्थ्यो, लोकतान्त्रिक पद्धतिमा छिटो विकास हुँदैन’ प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाए ।

नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्ति कम्युनिस्ट सरकार अधिनायकवादी बाटोमा जाँदैछ भन्ने संकेत भएको भन्दै उनले भने, ‘उहाँले लोकतान्त्रिक सरकारले केही गर्न सक्दैन भन्ने सन्देश दिन खोज्नु भएको छ । यो उहाँको गम्भीर गल्ती हो ।’ उनले लोकतान्त्रिक सीमाको ख्याल गर्न र संविधानभित्रैबाट निकास खोज्न सरकारलाई आग्रह गरे । नेता गगन थापाले भने प्रचण्डको अभिव्यक्ति कम्युनिस्टहरुले डेमोक्रेटिक फ्रेमवर्कमा रहेर काम गर्न सक्दैनन भने प्रमाण भएको बताए ।

जेठभित्र महाधिवेशन गरौं

कांग्रेस नेता सिटौलाले आगामी जेठभित्रै १४ औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । यो सम्भव भएको उनको तर्क छ । यसका लागि नेतृत्व तयार नभए तीन महिनाभित्र पार्टीको आन्तरिम संरचना बनाउनुपर्ने उनको प्रस्ताव छ । चैतसम्म प्रदेशका अन्तरिम संरचनाहरु बनाऔं र राष्ट्रिय जागरण अभियान चलाऔं’ उनले भने ।

विधान संशोधनपछि कांग्रेसमा सभापति कमजोर हुन्छ कि बलियो भन्ने प्रश्नमा नेता सिटौलाले सभापतिले निर्वाचित पदाधिकारीहरुलाई विश्वासमा लिएर काम गर्न सक्नुपर्ने बताए । ‘पार्टी चलाउनु भनेको घर चलाउनु जस्तै हो’ उनले भने, ‘घरमुलीले सबैसँग सरसल्लाह गरेर काम गर्‍यो भने घर राम्ररी चल्छ । तास खेल्दै सम्पत्ति उडाउन थाल्यो भने सदस्यहरुले मुलीलाई नै बाँधेर राख्ने, चावी खोस्ने दिन आउँछ । सबै घरमुलीमा भर पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गाउँपालिकाको कार्यशैलीप्रती एमाले निसीखोलाको ध्याकर्षण

युवा सँघको एक युवा पाँच विरुवा अभियान

जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न: अध्यक्ष राउत

ऊर्जाक्षेत्रको विकासको लािग सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ मन्त्री बस्नेत

सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानविन होस: बस्नेत

चार दल मिलेर समाजवादी मोर्चा घोषणा

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com