Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

उपनिर्वाचन केन्द्रित बन्यो नेकपाको बैठक

  • ७ वर्ष अगाडि

 

काठमाडौं, भदौ २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको हो । पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने एजेण्डासहित बसेको बैठकमा निर्वाचन आयोगमा दल दर्तातर्फ केन्द्रित भएपछि अर्काे बैठकका लागि एकताको एजेण्डा सारिएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले निर्वाचन आयोगले पुनः दल दर्ताका लागि जारी गरेको सूचनाको आधारमा सवै अद्यावधिक गरी आयोगमा दल दर्ताका लागि महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गराएर पर्कनु भएपछिको यो पहिलो सचिवालय बैठक हो । ओली सिंगापुर जानुभएपछि अध्यक्ष प्रचण्डले एक पटक बैठक बोलाउनु भएको थियो । सो बैठकले अनुशासन कायम गराउने सवालमा महत्वपुर्ण निर्णय गरेको छ । आजको बैठकमा केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय बिभागका सदस्यहरुसहित एकताको बाँकी कामलाई पुर्णता दिने एजेण्डा रहेपनि अर्काे बैठकका लागि सारिएको छ ।

‘एकतालाई पुर्णता दिने एजेण्डा अर्काे बैठकका लागि सारिउको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो । आजको बैठकबाट एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यअनुरुप सिंगापुरबाट फर्किएपछि अर्का अध्यक्षद्वय ओली र प्रचण्डबीच लामो छलफलसमेत भएको थियो । प्रधानमन्त्री ओली फर्किएपछि सांगठानिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षले गृहकार्य पूरा गरेपछि आजको सचिवालय बैठक बोलाइए पनि उपनिर्वाचन केन्द्रित बनेको हो । नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगिन बाँकी छ । केन्द्रीय बिभागहरुको प्रमुख–उपप्रमुख तोके पनि विभागले पनि पूर्णता पाउन सकेका छैनन । अव बस्ने बैठकले एकताको बाँकी काम टुंग्याउने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com