Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अन्योलमा कांग्रेसको महाधिवेशन

  • ६ वर्ष अगाडि

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई यही वर्षभित्र महाधिवेशन गर्नुपर्ने बाध्यता छ । भातृसंगठनको महाधिबेशन गर्न नसकेको कांग्रेसलाई पाटीभित्रको महाधिबेशन गर्न कोरोना महामारीका कारण झनै समस्या भएको छ । नेपाल विद्यार्थी संघको महाधिवेशन पनि तोकिएको समयमा नहुने सम्भावना बढेर गएको छ ।

नेपाली कांग्रेसले १४ औँ महाधिवेशन यसै वर्षको फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्ष नै गरिएको यो निर्णय अहिले धरापमा पर्ने हो कि भन्ने आशंका उब्जिएको छ । केन्द्रिय महाधिवेशनअघि गर्नुपर्ने धेरै प्रक्रिया हुन्छन्, जसको सुरुवातसमेत हुन सकेको छैन । क्रियाशील सदस्यता फागुन र चैत भित्र वितरण गर्ने, २०७६ माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने र २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने भनिएको थियो । तर यि काम हुन सकेको छैन ।

कोरोना माहामारीको त्रासकाबीच सबैखाले कार्यक्रम गर्न नमिल्ने भएपछि कांग्रेस अप्ठ्यारोमा परेको हो । त्यसैले अब कोरोना कहरकै समयमा भएपनि भौतिक दुरी कायम गरेर प्रबिधिको प्रयोग गरेर छलफल गरी पुरानो तालिकाअनुसारनभएपनि २०७७ सालमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने नेताहरु बताउँछन् । २०७७ वैशाख मसान्तभित्र नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने २०७७ जेष्ठ १५ गतेभित्र छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने, लगायत २०७७ श्रावण १५ गतेभित्र उजुरीरपुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि तोकिएको थियो ।

२०७७ श्रावण २५ गतेभित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने थियो । गाउँनगर वडाको अधिवेशन २०७७ कात्र्तिक १६ गतेदेखि सुरु भएर विभिन्न तह पार गर्दै फागुन ७ गतेदेखि केन्द्रिय महाधिवेशन गर्ने तालिका छ ।

यस्तो छ कांग्रेसको महाधिवेशन तालिका :

-गाउँ/नगर वडा अधिवेशन– २०७७ मंसिर ९ गते

-गाउँ/नगरपालिका अधिवेशन– २०७७ मंसिर ११ गते

-प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते

-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते

-जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते

-प्रदेश अधिवेशन– २०७७ पौष १५ गते

-केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

माउ पार्टीको जस्तो अवस्था छ नेपाल विद्यार्थी संघको पनि । निर्वाचित कार्यसमितिले नेविसंघको अधिवेशन गराउन नसकेपछि पार्टीले राजिव ढुंगानको नेतृत्वमा तदर्थ समिति बनाएर ६ महिनाभित्र अधिवेशन गराउने जिम्मा दिएको थियो । साउनभित्र महाधिवेशन गराउनुपर्ने भए पनि कोरोना महामारीका कारण असम्भव जस्तै देखिएको छ । क्याम्पस अधिवेशन समेत गर्न नसकेको बेला जिल्ला जिल्लामा प्रतिनिधि खटाएर काम गर्ने स्थिति नभएको नेविसंघका अध्यक्ष राजिव ढुङगानाले बताए ।

आन्तरिक किचलो र विवादका कारण विगतमा पनि नेपाली कांग्रेसले समयमा नै अधिवेशन गराउन नसकेको उदाहरण धेरै छन् । तर यसपटक त कोरोनाका कारण परेको अप्ठ्यारोले विवाद र किचलो नहुँदा पनि माउ पार्टी कांग्रेस र त्यसको भातृ संगठन नेविसंघको अधिवेशन पूर्व निर्धारित समयमा नहुने अवस्था सृजना भएको छ ।साभार :reportersnepal

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com