काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३१ नेताले संयुक्त राजीनामा दिएका छन् ।
पार्टीका तीन अध्यक्ष (कमल थापा, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी)लाई पत्र लेख्दै ३१ नेताले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनेमा पूर्वमन्त्री सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेतलगायत ३१ नेता रहेका छन् ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको छोराले आफ्नै बुवाले स्थापना गरेको पार्टी छोडेर गम्भीर भूल गरेको बताए ।
‘यो सन्दर्भमा पार्टीमा छलफल हुन्छ । उहाँहरुले ठूलो राजनीतिक भूल गर्नुभएको छ । देशमा राष्ट्रवादी शक्ति निर्माणका लागि हाम्रो पार्टी लागि परेको छ’, नेता श्रेष्ठले भने, ‘राष्ट्रवादी शक्ति निर्माणका निम्ति असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्छौँ ।’