Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कांग्रेस कास्कीका नेता थापाले देउवासँग भने- हाम्रो ६० हजार मतको अपमान नगरियोस्

  • ५ वर्ष अगाडि

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेस कास्कीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ६० हजारभन्दा बढी मत अल्पमतमा दिन नसकिने बताएका छन् ।

विगतमा पनि पोखरा महानगरपालिकामा कांग्रेसमाथि अन्याय भएकोले यसपटक भने गठबन्धनमा आफ्नो पार्टीको दाबी प्रस्तुत गर्न आग्रह गरेका थिए ।

कास्की कांग्रेस नेता यज्ञबहादुर थापाले देउवासँगको भेटमा पोखरामा ६० हजारभन्दा बढी मत कांग्रेसको रहेको बताएका थिए । ‘पोखरामा कांग्रेसको नेतृत्वमा निर्वाचनमा जाँदा गठबन्धनलाई जिताउन सजिलो हुन्छ भन्ने कुरा हामीले प्रष्टसँग राखेका छौँ । यसमा सभापति ज्यूले निर्णय गर्न मलाई नि गाह्रो छ भन्नुभएको छ । त्यस्तो अप्रिय निर्णय आउँला भन्ने हामीले कल्पना पनि गरेका छैनौँ ।’ नेता थापाले भने ।

कांग्रेसको भागमा पोखरा नपरे के गर्ने भन्ने प्रश्नमा देउवाले चित्त बुझ्दो जवाफ दिन नसकेको उनको भनाइ छ । ‘हाम्रो ६० हजारभन्दा बढी मत सुरक्षित छ । ६० हजार मतलाई कम मतमा भोट दिनुहोस् भन्न अप्ठ्यारो हुन्छ । यो कुरा हामीले सभापति ज्यूलाई प्रष्ट्याएका छौँ । यसमा म हेर्छु भन्नुभएको छ ।’ नेता थापाले भने ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com