Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

  • २ वर्ष अगाडि

गण्डकी, ३० पुस। गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहनुभएको छ । यस्तै अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहनुभएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

उम्मेदवारी सम्बन्धमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा नेकपा(एमाले)ले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो ।

सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रबिको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने

देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्योः प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन प्रदेश मन्त्रालय लागिपरेको छ : स्वास्थ्यमन्त्री पाठक

जरा केन्द्रित अभियान मार्फत सदस्य बढाउँदै नेकपा एमाले बागलुङ

नेपाल समाजवादी पाटि (नयाँ शक्ती)को महाधिवेशनका लागि बागलुङबाट २७ जना छनोट

वर्तमान सरकार आगामी निर्वाचनसम्म टिक्छः उपप्रधानमन्त्री सिंह

ताजा समाचार

गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा
गण्डकी प्रदेश स्तरिय न्यायिक सम्मेलन बागलुङमा
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
पर्वतको कालाञ्जरमा ३४ दिने श्रीकालाञ्जर श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
खेलकुद बिकास समिति बागलुङको अध्यक्षमा कँडेल
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ट्रेन्डिङ

जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ढोरपाटनमा ११ नाउर र सात झारलको सिकार

ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार बढी सवारी साधन कारवाहीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

आठ वर्षदेखि अलपत्र दरमखोला पुल कहिले बन्छ ?

लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन सुटिङकी भगवती खत्री केसीलाई

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com