Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कांग्रेसले समय मागेपछि संशोधन विधेयक पछि हट्यो

  • ६ वर्ष अगाडि

काठमाडौं । विपक्षीले समय मागेपछि संशोधन विधेयक पछि हट्यो  भन्ने शीर्षकमा आजको अन्नपूर्ण दैनिकले खबर लेखेको छ । प्रमुख विपक्षी कांग्रेसले केन्द्रीय समितिको बैठकसम्म पर्खिन समय माग गरेपछि संविधान संशोधन विधेयक बुधबार संसद्मा प्रस्तुत हुन सकेन। सरकारले जारी गरेको मुलुकको नयाँ नक्सा, सीमाको रक्षा, राष्ट्रियता र सार्वभौमिकताका विषयमा सिंगो मुुलुक एक ठाउँ रहेको सन्देश दिन दलहरूले संविधान संशोधन विधेयक संसद्बाट सर्वसम्मत पारित गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा संशोधन विधेयकप्रति सबै दल एकमत भएका थिए। प्रमुख विपक्षी कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठकबाट संशोधन विधेयक पारितकोे निर्णय गर्ने र त्यसबेलासम्म पर्खिदिन सत्ता पक्षसँग आग्रह गरेको थियो। सरकारले पेस गरेको संशोधन विधेयकप्रति सकारात्मक देखिएका जनता समाजवादी पार्टीका नेताले भने आफ्ना माग पनि समेटेर संशोधन विधेयक पारित गर्न सरकारसँग आग्रह गरेका थिए।

मुलुकको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न सरकारले शुक्रबार संसद्मा संशोधन विधेयक दर्ता गरेको थियो। विधेयक दर्ता भएको ५ दिनपछि संसदीय प्रक्रियामा अघि बढ्ने संसद् नियमावलीको व्यवस्थाअनुसार संसद् सचिवालयले उक्त विधेयक बुधबारको प्रतिनिधिसभामा अघि बढाउन कार्यसूची तयार पारेको थियो। तर, दलहरूको आग्रहमा अन्तिम समयमा विधेयक रोकिएको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा ५० प्रतिशत मत खस्यो

एमालेको महाघिवेशनका लागि बागलुङबाट सर्वसम्मत प्रतिनिधि छनोट

नेपाली कांग्रेसको प्रेस वक्तव्य : प्रतिनिधि सभा विघटन असंवैधानिक

नेतृ सुमना श्रेष्ठले छाडिन् रास्वपा, ‘गल्ती स्वीकार नगर्ने प्रवृत्ति अस्वीकार्य’

राष्ट्रपतिको अपिल : ‘निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गरौँ’

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन घोषणा

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com